२४ कार्तिक २०८३, मंगलबार

कोइरालाको मृत्युले कांग्रेसभित्र यसरी भो हल्लीखल्ली, दोषी को–को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, ११ फागुन । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति सुशील कोइरालाको निधनका विषयमा छानविन गर्नुपर्ने माग केही केन्द्रीय सदस्यहरूले उठाएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति कोइरालाको निधन कसरी भएको हो मिडियाले अर्कै लेखेका छन् भनेर प्रश्न उठाएका थिए । केन्द्रीय सदस्य सूर्यमान गुरुङले निजी चिकित्सक, सचिवालयका सहयोगी र पार्टीका केही नेताहरूका कराण कोइरालाको अकालमा निधन भएको आरोप लगाउनुभयो । ‘सभापति कोइरालालाई समयमा किन उपचार गर्न लगिएन ?’, प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘यस विषयमा छलफल गर्नुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ ।’

कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीका अनुसार गुरुङको मागलाई केही अन्य सदस्यहरूले पनि समर्थन गरेको बताउनुभयो । ‘सूर्यमान जीले सभापति कोइरालाको निधनको विषयलाई लिएर छानविनको कुरा उठाउनु भएको हो’, गिरीले भन्नुभयो, ‘गुरुङको मागका विषयमा केही सदस्यहरूले समर्थन पनि गर्नुभएको छ ।’

बैठकमा कार्यबाहक सभापति रामचन्द्र पौडेलले १३औँ महाधिवेशनका लागि नीति तथा कार्यक्रमको प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावमा अध्ययनपछि १३ गते बिहान ११ बजे बस्ने बैठकमा छलफल हुनेछ ।

यसैबीच, आजको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा अनुपस्थित हुनु भएको थियो । पारिवारिक कारण आउन नसक्ने भन्दै देउवाले बैठकमा खबर पठाएको केन्द्रीय सदस्य गिरीले जानकारी दिनुभयो ।