काठमाडौं, ११ फागुन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउडका सेलिब्रेटिहरुसँग पनि भेट गर्ने भएका छन् ।
बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाले प्रधानमन्त्री ओलीसँग बलिउडका सेलिब्रेटिहरुलाई भेटाउने बन्दोबस्त गरेकी हुन् ।
प्रधानमन्त्रीको सम्मानमा आयोजना गर्न लागेको चियापान कार्यक्रममा बलिउड कलाकारहरुले भेट्न लागेका हुन् । अभिनेत्री कोइरालाले भारतस्थित नेपाली राजदूतसँग सहकार्य गर्दै चियापान कार्यक्रम गर्न लागेकी हुन ।
प्रधानमन्त्री ओलीलाई भेट्न अभिनेता ज्याकी श्राफ, निर्देशक सुभाष घईलगायतका अन्य नाम चलेका बलिउडकर्मी आउने बताइएको छ । प्रधानमन्त्री ओली र बलिउडकर्मीबीच फिल्म पर्यटनका विषयमा अन्तक्र्रियासमेत हुने बताइएको छ ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले बलिउड फिल्मको सुटिङका लागि नेपाल उत्कृष्ट गन्तव्य हुनसक्ने बारे बलिउडकर्मीलाई जानकारी दिने बताइएको छ ।












प्रतिक्रिया