२४ कार्तिक २०८३, मंगलबार

किन गएनन् देउवा केन्द्रीय समितिको बैठकमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sher-bahadur-deubaकाठमाडौं, ११ फागुन । नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा प्रस्तुत् गरिने नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न बोलाइएको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा अनुपस्थित हुनुभयो ।

कांग्रेसको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरिसकेका वरिष्ठ नेता देउवा नै केन्द्रीय समितिको बैठकमा अनुपस्थित भएपछि केन्द्रीय सदस्यहरु नै अलमलमा परे । उनीहरुले देउवा नआउनुको खास कारण के हो भनेर बुझ्ने प्रयास पनि गरे । केहीले सभापतिका अर्का प्रत्यासी रामचन्द्र पौडेलको अध्यक्षतामा बस्ने बैठकमा वरिष्ठ नेता देउवा नआएको बताए भने केहीले अनभिज्ञता प्रकट गरेका थिए । देउवा निकट मानिने केन्द्रीय सदस्यहरुले भने कार्यव्यस्तताका कारण बैठकमा उपस्थित हुन नसकेको बताउँदै थिए ।

जे होस् पार्टीको महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसका नेताहरुका कित्ताकाट शुरु भएको छ । पहिलेदेखि नै दुई ध्रुवमा विभाजित भएर ६० र ४० को भागबण्डाका आधारमा चल्दै आएको कांग्रेस महाधिवेशनको मुखमा पनि एक देखिन सकेको छैन । आगामी पार्टी सभापतिको दौडमा रहेका वरिष्ठ नेता देउवासँग कार्यवाहक सभापति रामचन्द्र पौडेलले छलफल नै नगरी नीति तथा कार्यक्रम बनाएकाले देउवा रुष्ट भएको बताइएको छ ।