२४ कार्तिक २०८३, मंगलबार

वरिष्ठसहित तीन उपसभापति थप गर्ने कांग्रेस संस्थापन पक्षको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, ११ फागुन । नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारी थप गर्ने प्रस्ताव लैजाने तयारी गरेको छ । केन्द्रिय समितिको बैठकमा संस्थापन पक्षले एक वरिष्ठसहित तीन उपसभापति थप गर्ने प्रस्ताव लैजान लागेको हो ।

तर वरिष्ठ नेता शेरबहादुर देउवाले संस्थापन पक्षको प्रस्ताव ठाडै अस्वीकार गर्ने तयारी गरेको छ । संस्थापन पक्षले आवश्यकताअनुसार सहमहामन्त्री थप गर्ने प्रस्ताव पनि बैठकमा लैजान लागेको छ ।

त्यसैगरी मनोनितसमेत गरेर ९७ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी संस्थापन पक्षको छ । तीन उपसभापतिमध्ये एक अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरिएको छ । कोषाध्यक्षलाई मनोनित गर्ने प्रस्ताव गरिएको छ । मस्यौदा समितिले यो प्रस्ताव पदाधिकारीलाई बुझाइसकेको छ । तर समितिका संयोजक आनन्दप्रसाद ढुंगाना उपत्यका बाहिर रहेकाले आजको बैठकमा औपचारिक एजेन्डाका रुपमा भने छलफल हुन सकेन ।

संस्थापन पक्षले तयार पारेको प्रस्तावलाई सर्वसम्मत पारित गराउन प्रयास गर्ने जनाएको छ । तर यो प्रस्ताव वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले मान्ने अवस्था भने छैन । देउवा पक्षले नमाने केन्द्रीय समितिबाट बहुमतले पारित गर्ने तयारी संस्थापन पक्षको छ । केन्द्रीय समितिले विधान संशोधनको निर्णय गरेमा त्यसलाई महाधिवेशनले अनुमोदन गर्नुपर्नेहुन्छ । त्यसपछि मात्र विधान कार्यान्वयनमा आउँछ ।

कांग्रेसको संस्थापन पक्षलाई पदाधिकारीको संख्या बढाएर भए पनि नेताहरुलाई जिम्मेवारी दिनुपर्ने चुनौती छ । तर देउवा पक्षमा पदाधिकारीका आकांक्षी धेरै नभएकाले संस्थापन पक्षलाई महाधिवेशनमा अप्ठ्यारो पार्न पनि यो प्रस्ताव पारित हुन नदिने कसरत छ ।