१ कार्तिक २०८३, शनिबार

फिल्ममा गुण्डा पिट्ने सलमानलाई ज्यान मार्ने धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salman-khanमुम्बई । फिल्ममा गुण्डा पिट्ने तथा एक्शन देखाउने बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ ।

धम्की टेलिफोनबाट प्रहरीलाई दिइएको थियो । सलमानको हत्या गर्ने धम्की आएपछि मुम्बई प्रहरीले अनुसन्धान थालेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार फेबु्रअरी १६ मा प्रहरी कन्ट्रोल रुपमा सलमानको ज्यान मार्ने धम्कीसहितको फोन आएको थिए ।

यो फोनपछि अहिले प्रहरीले सलमानको सुरक्षामा पुनरावलोकन र फोनकर्ताको खोजी एकैसाथ थालेको छ । फोन कसले गरेको हो भन्ने पनि पत्ता लाग्न सकेको छैन् ।

हाल सलमान आफ्नो नयाँ फिल्म ‘सुल्तान’को शुटिङमा व्यवस्त छन् ।