काठमाडौँ, ७ साउन । नेकपा एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनालले नवौ महाधिवेशनपछि पार्टी नयाँ धरातलमा उभिएको बताउनु भएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठानले बुधवार राजधानीमा आयोजना गरेको कार्यक्रममा खनालले यस्तो बताउनु भएको हो । उहाँले संविधान निर्माण गर्ने मुख्य दायित्वलाई पार्टीको नयाँ नेतृत्वले पूरा गर्ने विश्वास व्यक्त पनि गर्नुभयो ।
संविधान निर्माण गर्ने मुख्य अभिभारालाई सहमति र सहकार्यका साथ पूरा गर्न सबै दल गम्भीर भएर लाग्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई प्रदान गरी शान्तिपूर्ण रुपान्तरणको बाटोमा पुष्पलालले पु¥याएको बताउनु भयो । उहाँले पुष्पलालको योगदानलाई पार्टीले सधै आत्मसात् गर्ने पनि बताउनु भयो ।
















प्रतिक्रिया