काठमाडौं, ११ फागुन । १३औँ महाधिवेशनको तयारी र विधान संशोधनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको तयारीका विषयमा छलफल हुने केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिए । ‘महाधिवेशनको तयारीका विषयमा छलफल हुन्छ’, गिरीले भन्नुभयो, ‘पार्टीको विधान र अन्य व्यवस्थापनका विषयमा पनि छलफल हुन्छ ।’
सोमबार बेलुकासम्म कांग्रेसको ५८ जिल्लाको अधिवेश सम्पन्न भइसकेको छ । अन्य केही जिल्लाको अधिवेशन हुन बाँकी छ । सो विषयमा पनि के गर्ने भनेर कार्यसमितिमा छलफल हुनेछ ।
यसैबीच, वरिष्ठ नेता शेरबहादुर देउवाले महाधिवेशन सार्नका लागि दबाब दिने बुझिएको छ । आफ्नो पक्षमा माहोल विग्रिएको विश्लेषण गरेको देउवा समूहले महाविधेशन केही पछाडि सार्न दबाब दिँदै आएको छ ।












प्रतिक्रिया