१५ कार्तिक २०८३, आइतबार

भ्रूण हत्या रोक्न कञ्चनपुरमा सिविन नेपालको पहल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-bhrun-hatya– डम्मर राज भट्ट
महेन्द्रनगर, १० फागुन । बढ्दो भ्रूण हत्या रोक्न कञ्चनपुरबाट पहल सुरु भएको छ ।

सिविन नेपाल र वल्ड भिजनले बालिका भ्रुण हत्या रोक्न सरोकारवालाको भुमिका बुझाउन कञ्चनपुरमा सोमबार देखी तालिमको आयोजना गरेको हो ।

तालिम विशेष गरि हाम्रो समाजमा गरिने बालिका भ्रूण हत्या कसरी रोक्न सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेको सिविनका चन्द्र विकले बताउनुभयो । त्यसका लागि सरोकारवाला सवैलाई जिम्मेवार बनाउन र छोरी पनि हाम्रो समाज र उन्नत भविष्य अथवा राज्यका लागी पुरुष जत्तिकै महत्वपुर्ण हुन्छन भन्ने सन्देश दिन तालिमको आयोजना गरिएको हो ।

‘तोडौ अवरोध, शिशु बालिकाको अधिकारको सुनिश्चिता गरौ’ भन्ने विटिवि परियोजना अन्र्तगत दुई दिन सम्म कञ्चनपुरका सरोकारवालालाई तालिम दिन लागिएको विश्व परिदृश्य वकालत मंचले जनाएको छ । तालिमको उद्देश्य सवैको साझा प्रयास मार्फत वालिकाको अधिकार सुनिश्चित गराउनु रहेको छ ।

तालिममा कंचनपुरका स्वस्थ्यकर्मी, स्वयमसेविका, पत्रकार, संघ संस्थाका प्रतिनिधी लगायत सरोकारवालाको उपस्थीती रहेको थियो । तालिम दुई दिन सम्म चल्ने छ । तालिममा विश्व परिदृश्य वकालत मंचका सिता गौतम, चादनी राना, र शैलजा सिलवालले सहजीकरण गरिरहेका छन् ।

तालिममा लौङ्गिक हिंसा, लिङ्गभेद, किशोरी तथा बालबालिका, नेपालमा गर्भपतनको अवस्था र लिङ्गका आधारमा हुने गर्भपतन, किशोरी तथा बालबालिका यौन तथा प्रजनन स्वास्थ्यका, विषयमा सहजीकरण गरि रहेको विश्व परिदृश्य वकालत मंचका तालिम सहजकर्ता चाँदनी रानाले बताइन् ।