१ कार्तिक २०८३, शनिबार

विरामी परेका अमिताभ बच्चन ओछ्यानबाट उठ्न सकेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amitab-Bachhan

मुम्बई । बलिउड महानायक अमिताभ बच्चन अचानक विरामी परेका छन् ।

आफू विरामी भएको कुरा आइतबार विहान अमिताभले आफ्नो ब्लगमार्फत सार्वजनिक गरेका छन् । उनले विरामीका कारण आफू ओछ्यानबाट उठ्न नसकेको बताएका छन् ।

उनले भनेका छन्- ‘यो सामान्य विरामी हो चाँडै ठिक हुन्छु । यो विरामीकै कारण चिन्ता गर्नुपर्ने कारण छैन । तर, यही विरामीका कारण म ओछ्यानबाट उठ्न सकेको छैन ।’

भारतीय सञ्चारमाध्यमका अनुसार उनले परिवाजनसँग कुराकानी गर्नसमेत अप्ठ्यारो भइरहेको बताएका छन् । विरामीकै कारण अभिताभ कतिपय समारोहमा सहभागी हुन सकेका छैनन् ।