२४ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री र राष्ट्रपति नबन्ने प्रचण्डको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौँँ, १० फागुन । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपति पद नलिने घोषणा गरेका छन् ।

पार्टीको काठमाडौँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पार्टीलाई सबैभन्दा ठूलो नबनाएसम्म प्रधानमन्त्री र राष्ट्रपति कुनै पनि पद नलिने घोषणा गरे ।

बुढेसकालमा कम्युनिष्ट पार्टी छाडेर बाबुराम भट्टराईले वैचारिक अपराध गरेको आरोप उनको थियो । उनले भने– ‘असोज ३ गते संविधान नबनाउन बाबुरामजीले धम्की दिनुभएको थियो, लागू नभएपछि लगत्तै पार्टी छाड्नुभयो ।’