१५ कार्तिक २०८३, आइतबार

गाउँलेलाई स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shiva-Gaunleपाँचथर, १० फागुन । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई ‘स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कार’बाट सम्मान गर्ने भएको छ ।

शाखा कार्य समितिले गणतन्त्र दिवसको अवसरमा पत्रकार गाउँलेलाई सम्मान दिने घोषणा गरेको हो । पुरस्कार आगामी २०७३ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने छ ।

यसअघि पाँचथर शाखाले स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ पूर्वसभापति विष्णु निष्ठुरीलाई सम्मान गरेको थियो । शाखाले स्थापना गरेको यो पुरस्कार प्रेस स्वतन्त्रताको क्षेत्रमा क्रियाशिल पूर्वाञ्चलका एक अग्रज पत्रकारलाई प्रदान गरिँदै आएको छ । पुरस्कारको राशी ११ हजार एक सय ११ रुपैयाँ रहेकोे छ ।

महासंघ पाँचथर शाखाले सोही अवसरमा प्रदान गर्नेे पाँच हजार पाँच सय ५५ रुपैयाँ राशीको स्वर्गीय हरिचरण भद्रमाया वातावरण पुरस्कार राष्ट्रिय समाचार समिति (रासस) र इमेज टेलिभिजनका पाँचथर संवाददाता जितेन्द्र भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।