२९ आश्विन २०८३, बिहिबार

मोदीका लागि पशुपति प्लास्टिक निषेधित क्षेत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-dec

काठमाडौं, ७ साउन । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई प्लास्टिकमुक्त बनाउने उद्देश्यले विशेष सरसफाइ अभियान सुरु गर्ने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथको दर्शनसमेत गर्ने कार्यक्रम रहेकाले पनि प्रारम्भिक चरणमा पशुपति क्षेत्रको सरसफाइमा ध्यान दिन लागिएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभएको छ ।

मोदी आउने औपचारिक जानकारी नआए पनि अनौपचारिक खबरका आधारमा सरसफाइ कार्यक्रमलाई अगाडि बढाइएको उहाँले उल्लेख गर्नुभयो ।

सरसफाइका क्रममा पशुपति क्षेत्रलाई पूर्णरुपमा प्लास्टिक निषेधित क्षेत्रका रुपमा स्थापित गर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको छ । कोषले यसअघि नै पशुपति क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेपनि अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

साउनमा भक्तजनको विशेष भिड लाग्ने गरेकाले पनि सरसफाइ र प्लास्टिक निषेधलाई अभियानका रुपमा अगाडि बढाउन लागिएको सदस्य सचिव टण्डनले बताउनु भयो ।

कोषको प्लास्टिक निषेधित क्षेत्र घोषणा कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले कोरल शुज प्रालिले दुई हजार थान कपडाको झोला उपलब्ध गराएको निर्देशक युवराज ओडारीले जानकारी दिनुभयो । भक्तजनको जुत्ता राख्नका लागि उपलब्ध गराइएको झोला ६ महिनासम्मका लागि पुग्ने बताइएको छ ।