ललितपुर, १० फागुन । सवारी चालक अनुमतिपत्र वितरणलगायतका काममा अनियमितता गरेको र सेवाग्राहीसँग बढी रकम असुल गरेको भन्दै प्रहरीले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा छापा मारेको छ ।
प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले कार्यालयमा छापा मारी तीन महिलासहित २७ जनालाई पक्राउ गरेको छ । त्यसैगरी केही कागजातसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल र गाडिको ढड्डा नियन्त्रणमा लिएको हो ।
कर्मचारीको मिलेमतोमा एजेन्टहरुले यातायातको ढड्डासमेत बाहिर ल्याउन थालेपछि प्रहरीले छापा मारेको हो । यातायात कार्यालयमा यसअघि पनि पटकपटक अनियमिता हुने गरेका थिए ।
सेवाग्राहीलाई सास्ती दिने, बढी रकम असुल गर्नेलगायतका गुनासा आएपछि छापा मारिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक छानबिनका लागि ललितपुर प्रहरी परिसरमा राखिएको छ ।












प्रतिक्रिया