
भैरहवा, १० फागुन । नेकपा एमाले लुम्बिनीको आयोजनामा फागुन १४ गते शुक्रबार भैरहवास्थित सिद्धार्थ रंगसालामा हुने विशाल जनसभामा सहभागिताको लागि एमालेले जिल्लाभरी घरदैलो अभियानलाई तिब्रता दिएको छ ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सो सभामा करिब डेढ लाख जनताको सहभागिता रहने पार्टीले अपेक्षा गरेको छ । पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीले दिएको जानकारी अनुसार विशाल सभामा रुपन्देहीबाट ८० हजार, कपिलवस्तु र नवलपरासीबाट २०–२० हजार, पाल्पाबाट १५ हजार, गुल्मीबाट ८ हजार र अर्घाखाचीबाट ७ हजार जनताको सहभागिता रहनेछ ।
संविधानको विरुद्धमा तराई मधेसमा केही तत्वले संविधानको विषयमा भ्रम फैलाएका छन् त्यसलाई चिर्न, जनताको संविधान जनताकै माझमा पुराउन संविधान जारी भएपछि नेपालमै पहिलोपटक भैरहवामा पार्टिले विशाल सभा आयोजना गर्न लागेको केन्द्रिय सदस्य गिरीले जनाए ।
फागुन १४ गतेको कार्यक्रमको आयोजक एमाले भएता पनि यो मुलुकका सबै जनताको साझा कार्यक्रम भएको हुँदा सबै जनताको घरदैलोमा पुगेर कार्यक्रमा सहभागी हुन एमालेले रुपन्देहीभरी नेता कार्यकर्ता परिचालन गरेको एमालेका अर्का केन्द्रिय सदस्य तथा रुपन्देही सह इन्चार्ज एकराज विश्वकर्माले जनाए । केन्द्रिय सदस्य विश्वकर्माले भने “रुपन्देहीको करिब २ लाख घरधुरीमा एमालेका नेता कार्यकर्ता पुगीसकेका छन् । पर्चा पम्प्लेटींग भईरहेको छ ।”
विशाल सभालाई सफल पार्नको लागि अहिले एमाले केन्द्रिय सदस्य बैजनाथ चौधरी, लिला गिरी, एकराज विक, केन्द्रिय सल्लाहकार नेत्र पन्थी, सांसद आदित्य कसौधन लगायत लुम्बिनी अन्चलका तथा जिल्लाका सबै पदाधिकारी, सल्लाहकार, क्षेत्रीय पदाधिकारी एवं जनवर्गीय संगठन पनि क्रियाशिलता पूर्वक लागेका छन् ।












प्रतिक्रिया