धनगढी, ७ साउन । नेपाली काँग्रेसका वयोवृद्ध नेता खेमराज जोशीको कैलालीको मोहनपुरस्थित आफ्नै निवासमा ८९ वर्षको उमेरमा मङ्गलबार साँझ निधन भयो ।
उहाँका चार छोरा र दुई छोरी हुनुहुन्छ । विसं २००७ मा विपी कोइरालासँगै प्रजातन्त्र स्थापनाका लागि काँगे्रसको नेतृत्वमा भएको जनक्रान्तिमा सुदूरपश्चिममा रहेर उहाँले नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । त्यसपछि पनि प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि पटकपटक भएका आन्दोलनका क्रममा उहाँले पथ प्रदर्शकका रुपमा काम गर्नुभएको थियो ।
आन्दोलनका क्रममा उहाँले पटकपटक जेलमा बन्दी जीवनसमेत बिताउनुभएको थियो । सुदूरपश्चिममा काँग्रेसको कुशल सङ्गठकका रुपमा चिनिनु हुने स्व जोशीको पार्थिव शरीरमा काँग्रेस कैलालीका सभापति नरनारायण शाहले पार्टीको झन्डा ओढाउनुभयो ।
स्व जोशीको महाकाली नदीको घाटमा आज अन्तिम संस्कार गरियो ।
















प्रतिक्रिया