३० आश्विन २०८३, शुक्रबार

दोस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन काब्य गोष्ठी सिड्नीमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

INLS-logo-430x224सिड्नी । बिश्वब्यापी रुपमा हरेक २ बर्षमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन यस पटक अष्ट्रेलियाको सिड्नीमा हुँदैछ। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा हुन लागेको सो सम्मेलन आउदो मार्च ४ देखी ६ तारिख सम्म सिड्नी स्थित मेट्रो होटल मार्लोमा सम्पन्न हुँदैछ।
दोश्रो पटक हुन लागेको सो महिला साहित्य सम्मेलनका दौरान बिश्व काब्य गोष्ठी समेत गरिदैछ। सम्मेलन तथा काब्य गोष्ठी अनेसास केन्द्रिय समितीसँगको समयोजनमा अनेसास एन एस डब्लु च्याप्टरले आयोजना गर्न लागेको हो।
सम्मेलन तथा काब्य गोष्ठी सफल बनाउन नेपालबाट बिशेष अतिथीहरुले सहभागीता जनाउदैछन। सो सम्मेलनमा विश्वका विभिन्न राष्ट्रहरु बाट साहित्यकारहरुले उपस्थिति जनाउने र कार्यक्रममा बिशेष कार्यपत्रहरु प्रस्तुति, छलफल गरिनुका साथै महिला साहित्यकर्मीहरु सम्मान प्रदान गरिने कार्यक्रम रहेको अनेसासका केन्द्रिय अध्यक्ष पदम् विश्वकर्माले बताउनु भयो। डायस्पोरिक नेपाली साहित्यमा महिला साहित्यकर्मीहरुको भूमिका र योगदान निकै महत्वपूर्ण रहेकाले महिला बिशेष साहित्यिक समेलनको जरुरी रहेको अनेसासका केन्द्रिय उपाध्यक्ष राधेश्याम लेकालीको ठहर छ ।
नेपाली साहित्यको विश्वब्यापिकरणको यो अभियानमा संसारभरका साहित्यकर्मीहरुको उपस्थितिले नेपाली भाषा, साहित्य र वाङ्मयको उचित सरक्षण र प्रबर्दनमा बिशेष टेवा पुग्नेमा विश्वस्त रहेको माहसचिव गोवर्द्दन पूजा बताउहुन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), विश्वभरी नै नेपाली भाषा र साहित्यलाई उजागर गर्दै नेपाली पहिचानकायम गर्न स्थापित एक राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष र विश्वब्यापी फैलिएको साहित्यिक संस्था भएको अस्ट्रेलिया एन एस डब्लु शाखाका अध्यक्ष महेन्द्र पौडेल बताउनु हुन्छ।
सो कार्यक्रमलाई सफल पार्न अस्ट्रेलियामा ५१ सदस्यीय मुल समारोह समिती समेत गठन गरिएको छ। अष्ट्रेलियाका सबै राज्यबाट साहित्यकर्मीहरुले सो मुल समारोह समितीमा सहभागीता जनाएका छन। अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन कार्यक्रमको संयोजन सानु घीमिरेले गर्दै हुनु हुन्छ भने विश्व काव्य गोष्ठीको संयोजन भिमसेन सापकोटाले गर्दै हुनु हुन्छ। त्यस्तै अनेसास पर्थका तर्फबाट गणेश घिमिरेले सम्मेलनलाई सफल बनाउन आफुहरुले सहयोग गरी रहेको बताउनु भयो भने एन आर एन ए लगायत अन्य सामाजिक संघ संस्थाले समेत सम्मेलनलाई बिशेष सहयोग गरी रहेको छ।
झन्डै २५ बर्षकी इतिहास बोकेको अनेसास, आजको दिन सम्म विश्वका ४० भन्दा बढी देशमा ८४ भन्दा बढी शाखाहरु बिस्तार गर्न सफल छ। यो महा अभियानमा सहभागीताको लागि सम्पूर्ण साहित्यिक मनहरुमा अनेसासले बिशेष अनुरोध गरेको छ।
कमल सिल्वाल, अष्ट्रेलिया