१५ कार्तिक २०८३, आइतबार

मक्कर खड्काः सिद्देश्वर माविदेखि अखिलको सचिवसम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

makkarभोजपुर, १० फागुन । अनेरास्ववियुको खुल्लातर्फ सचिव पदमा विजयी बनेका मक्कर खड्का विद्यालयतहदेखी नै अखिलमा संगठित बनेका विद्यार्थी नेता हुन् ।

भोजपुरको गुप्तेश्वर गाविस ३ मा जन्मिएका ३२ बर्षीय युवा विद्यार्थी नेता खड्का विद्यालयतहबाटै अखिलको राजनीतिमा सक्रिय भएका थिए ।

२०५६ सालमा सिद्देश्वर माविमा पढ्दादेखी नै उनी अखिलमा आबद् भएका हुन् । त्यतिबेला उनि विद्यालयमा सह–सचिवको रूपमा संगठन भित्र काम गरेका थिए । २०६० सालमा भोजपुर क्याम्पसमा पढ्न आएपछि खड्का क्याम्पसको अखिल अध्यक्ष बनेका थिए । उनि अखिललको जिल्ला सदस्य हुँदै, जिल्ला सचिव तथा दुई कार्यकाल जिल्ला अध्यक्षको भूमिका समेत निर्वाह गरेका विद्यार्थी नेता हुन् ।

२०६० सालमा भोेजपुर क्याम्पसको स्ववियु चुनावमा सचिव पदमा निर्वा्चित भएर खड्काले साझा विद्यार्थी नेताको भूमिकामा समेत आफूलाई उभ्याउन सफल भएका छन् । जनकपुरमा भएको अखिलको २० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यम निर्वा्चित खड्का काठमाडौंमा भएको २१ औं महाधिवेशनबाट सचिवालय सदस्य तथा कोशी अञ्चल इन्चार्जको कुशल भूमिका निर्वाह गरिसकेका छन् ।

सानै उमेरमा विद्यालय तहबाटै अखिललको सक्रिय राजनीतिमा क्रियाशिल खड्का आइतबार राति घोषणा भएको अखिलको अन्तिम मत परिणाममा ६८४ मत ल्याउँदै सचिव पदमा निर्वा्चित भएका हुन् । उनि संस्थापन टिमबाट निर्वा्चित भएका छन् । खड्काको यो सचिव पदसँगै अखिलको राजनीतिमा अपराजित यात्रालाइ निरन्तरता दिएका छन् ।

भोजपुरबाट अखिलको राजनीतिमा राजेन्द्र राइपछि मक्कर खड्का दोस्रो ठुलो पदमा पुग्ने विद्यार्थी नेता समेत हुन पुगेका छन् । जिल्लामा हुँदा विद्यार्थी राजनीतिमा खड्काको छुट्टै इतिहास कायम गरेका छन् । जिल्लाको विद्यार्थी राजनीति आन्दोलनमा खड्काले खेलेको भूमिकाको अन्य विद्यार्थी संगठनले समेत प्रशंसा गर्ने गर्छन् ।

जनआन्दोलन २०६२–०६३ ताका थोरै मान्छे सडकमा ओर्लिदा खड्का अग्र भागमा देखिन्थे । जिल्लामा गणतन्त्रको गर्जन लिएर शेरधन राइहरू ओर्लदा अखिलबाट ध्रुव राइ, मक्कर खड्काहरू साथमा हुन्थे । यो बेला खड्काले पुलिसको बन्दुकको कुञ्जाको कति पनि प्रवाह गरेनन् । जनआन्दोलनमा प्रहरीको धेरै कुटाइ खाने नेतामा मक्कर खड्का पर्छन् ।