
काठमाडौं, ९ फागुन । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष गोविन्द चौलागाईंलाई सम्मान गरिएको छ ।
भारतको ‘अघोषित नाकाबन्दी’का बेला सञ्चारकर्मीलाई इन्धन उपलब्ध गराउन पहल गरेको भन्दै प्रेस चौतारी नेपाल काठमाडौं शाखाले आफ्नो चौथो अधिवेशन समारोहमा चौलागाईंलाई सम्मान गरेको हो ।
अधिवेशन समारोहमा एमाले सचिव योगेश भट्टराईले चौलागाईंलाई खादा ओढाएर सम्मान गरे । पत्रकार चौलागाईंकै नेतृत्वमा विनाशकारी भूकम्पको समयमा भूकम्पपीडित पत्रकारलाई टेन्टसहित अत्यावश्यक सामाग्री वितरण भएको थियो ।












प्रतिक्रिया