२९ आश्विन २०८३, बिहिबार

खेलाडी सेक्स प्रकरण, खेलबाट बञ्चित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex Scandelपेरिस । सेक्स टेपको विषयमा आफ्नै देशका खेलाडी साथी माथियु भाल्वुयनालाई ब्ल्याकमेल गरेको आरोपमा नोभेम्बरमा फ्रान्सेली फुटबलर करिम बेन्जामालाई पक्राउ गरियो ।

२७ वर्षीय स्ट्राइकर बेन्जामालाई पेरिसको पश्चिम भर्साइलेसबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । सेक्स टेपमा भाल्वुयनाले फानी लाफोनसँगको यौनसम्बन्ध राखेको देखिन्छ ।

३१ वर्षीय मिडफिल्डर भाल्वुयना थुप्रै प्रिमियर लिग क्लबसँगको सम्भावित आबद्धतालाई लिएर चर्चामा रहेकै बेला सेक्स टेप प्रकरण सार्वजनिक भएपछि भाल्वुयना निकै दुखित भएका थिए ।

भाल्वुयनालाई ब्ल्याकमेल गर्ने समूहबाटै प्रहरीले उक्त भिडियो फेला पारेको थियो । भिडियोमा भाल्वुयना प्रस्ट रूपमा चिनिन्छन् ।

बेन्जामा यसअघि पनि सेक्सप्रकरणमा तानिएका थिए । सन् २०१० को विश्वकप अघि उमेर नपुगेकी युवतीसँग शारीरिक सम्पर्क राखेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो । त्यसकारण उनी विश्वकप खेल्नबाट वञ्चित समेत भए । एजेन्सी