१ कार्तिक २०८३, शनिबार

फागुन १९ मा अन्तर्राष्ट्रिय साँस्कृतिक मेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalakar Mahotsabबनेपा, १० फागुन । आगामी फागुन १९ गते काठमाडौबाट अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला हुने भएको छ । फागुन १९ गते काठमाडौंबाट सुरु हुने मेला घुम्ती मेलाको शैलीमा ललितपुर,पाल्पा,नुवाकोट हुदै काभ्रेको बनेपास्थित बसपार्कमा २२ गते हुने आयोजकले जनाएको छ ।

काभ्रेली कलाकार समाजका अध्यक्ष मोहन तौजलेका अनुसार विभिन्न आफ्नै स्थानिय भेषभुषामा सजिएर मेलामा विभिन्न ८ वटा देशको प्रतिनिधित्व गर्ने २ सय ५० जना कलाकारहरु सहभागी हुनेछन् ।

मेलामा नेपालको अलावा भारतको २, श्रीलंकाको ३, बंगलादेशको ३, मेक्सीकोको ३, इण्डोनेसियाको ३ टोलीले आआफ्नो देशलाई चिनाउने लोक नृत्यहरु प्रश्तुत गर्ने तय भईसकेको उनले जानकारी दिए ।

‘फागुन १९ देखि २८ गतेसम्म हुने मेला अन्तर्गत काभ्रेमा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले यो कार्यक्रम गर्न लागेका हौं’, समाजका अध्यक्ष तौजलेले भने, ‘नेपालको साँस्कृतिक पाटोलाई पर्यटनसंग जोड्न यो कार्यक्रमले सघाउने छ ।’

एभरेष्ट नेपाल कल्चर ग्रपको मुख्य आयोजनामा हुने मेलामा अन्तर्राष्ट्रिय रुपमा काभ्रेमा भएका साँस्कृतिक क्षेत्रका कुराहरु पुगाउन प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे ।

भौगोलिक दृष्टिले विकट मानिएको जिल्लाको कोशीपारी, डाँडापारी जस्ता क्षेत्रमा रहेका तामाङ,मगर जस्ता विभिन्न समुदायको साँस्कृतिक चिनारीलाई पनि समावेश गर्ने उनले जानकारी दिए ।