काठमाडौं, १० फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न दोस्रो ठूलो सत्तारुढ दल एमाओवादीको स्थायी समितिको बैठक बसिरहेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा जारी बैठकमा सरकारको कामकारबाही र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भइरहेको बुझिएको छ ।
बैठकमा स्थायी समिति सदस्यहरूले धारणा राखिरहेका छन् । सदस्यहरूले धारणा राखिसकेपछि अध्यक्ष दाहालले जवाफ दिने कार्यक्रम रहेको बुझिएको छ ।
बैठकमा सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरूको कामकारबाही र पार्टी संगठनका विषयमा छलफल भइहरको स्रोतको भनाइ छ ।
सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै एमाओवादीका केही पदाधिकारीले चर्को आवाज उठाउँदै आएका छन् ।












प्रतिक्रिया