काठमाडौं । फिल्म नचलेर तीन दिनभित्रै ‘फागु’ले नराम्रो आर्थिक संकट व्यहोरेपछि अभिनेत्री करिश्मा मानन्धरले नयाँशक्ति अभियान नेपालका संयोजक बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई हलसम्म पुगाएर देखाउन भ्याइकी छिन् ।
प्रिमियर शोका नाममा तीन दिनपछि करिश्माले फिल्म बाबुराम, हिसिला, कलाकार र पत्रकारहरूलाई देखाएकी हुन् । गोपीकृष्ण मुभिजको हलमा आइतबार उनले आफ्नो फिल्म देखाइन् ।
फिल्म हेर्न पुगेका बाबुराम र हिसिलाले करिश्माले निर्माण गरेको चलचित्र ‘फागु’ राम्रो बनेको प्रतिक्रिया सञ्चारमाध्यमहरूलाई दिए ।
‘करिश्माजीले फागु फिल्म राम्रो बनाउनु भएको रहेछ’, उनले पत्रकारहरूलाई भनेका छन्, ‘मलाई मपरेको छ ।’
शुक्रबार रिलिज भएको करिश्माको ‘फागु’ फिल्म हेर्न दर्शक आउन छाडेपछि हल मालिकहरूले हटाएर अरु फिल्म लगाउन थालेका छन् ।
नयाँशिक्त अभियानकी केन्द्रीय सदस्य समेत रहेकी करिश्माले आफ्नो फिल्मलाई जसरी पनि एक हप्ता हलमा टिकाइ राख्न चाहन्छिन् ।
सोही गोपीकृष्ण फिल्म हलमा करिश्माको फिल्म राम्रो छैन भनेर उनकै अगाडि समर्थकहरूले विरोधमा नारावाजी गरेका थिए । दर्शकहरूसँग बदला लिन करिश्माले गोपीकृष्ण फिल्म हलमा आइतबार प्रिमियर शो गरेर चकित तुल्याइ दिएकी छिन् ।















प्रतिक्रिया