२९ आश्विन २०८३, बिहिबार

मधेसी मोर्चाले कसरी टेक्यो घुँडा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

phadindraa
लेखक

करिव पाँच महिना आन्दोलन गरेर नेपालमा नाकाबन्दी गर्न भारतलाई आग्रह गरेका मधेसी मोर्चाका नेताहरु यतिबेला निरास बनेका छन् । उनीहरुले मधेसी जनताको हित र अधिकारका लागि आन्दोलन गरेको भन्दै जनतालाई नै दुःख दिएपछि मधेसीको स्वार्थको राजनीति बुझेका जनताले नै आन्दोलन तुहाइ दिएपछि उनीहरु निरास बनेका हुन् । यस अघि हुने गरेका आन्दोलनमा नेपाली जनताले जायज मागका लागि साथ र समर्थन दिएका थिए । तर यस पटकको आन्दोलनमा भारतको प्रत्यक्ष रुपमा आर्थिक र भौतिक सहयोग भएको र आन्दोलनले मधेसी जनताको हितभन्दा पनि भारतको हित हुने कुरा मधेसका स्वाभिमानी नेपालीले बेलैमा बुझेकाले भारतीयको लहैलहैमा लागेका मधेसी मोर्चालाई बाईपास गरेका हुन् । मधेसी मोर्चाका नेताहरुले यो बुझ्न जरुरी छ कि कुनै पनि आन्दोलन गर्ने हो भने त्यो केटाकेटीपन भन्दा माथि उठेर राष्ट्रलाई एकताको सुत्रमा बाँध्ने, विभिन्न जातजातिबीच भड्काउ सिर्जना नहुने खालको, राष्ट्रिय हित हुने, अखण्डता हुने खालको आदोलन मात्र हिमाल, पहाड र तराईका जनतालाई स्वीकार्य छ ।
चाहे त्यो आन्दोलन जुनसुकै राजनीतिक दल वा जातीय–क्षेत्रीय मोर्चाले गरुन्, यदि अराष्ट्रिय तत्वले खेल्ने खालको भएमा त्यसलाई नेपाली जनताले विफल बनाइदिन्छन् । आन्दोलन एक नेताले मात्र गरेर हुँदैन त्यसमा जनसमर्थन पनि चाहिन्छ । आफ्नो व्यक्तिगत स्वार्थका लागि गरिने आन्दोलन धेरै दिनसम्म टिक्न सक्दैन । मधेसी दलले गरेको आन्दोलनको भित्रि पाटो बुझेपछि जनताले त्यसलाई इन्कार गरे र त्यो बिचैमा असफल भयो । जनताको भावनाविपरितको आन्दोलनले बीचैमा हावा खान्छ भन्ने उदाहरण यो आन्दोलनबाट पनि देखिएको छ ।

मधेसी मोर्चाको आन्दोलन र अभिव्यक्तिबाट यो कुरा प्रष्ट हुन्छ कि उनीहरु भारतको ईसारामा देशमा आन्दोलनको निहँु गरेर यो देशको तराई भूभाग भारतलाई सुम्पिन चाहन्थे । व्यक्तिगत ईच्छा पूर्ति गर्नका लागि उनीहरुले हजारौं मधेसी स्वाभिमानी नेपालीको टाउको भारतलाई बेच्न लागेको यस पटकको आन्दोलनले पुष्टि गरेको छ ।

अधिकारका लागि भन्दै शुरु भएको मधेस आन्दोलनबारे जनताले जब बुझ्ने मौका पाए त्यसपछि सहभागिता नै जनाएनन् र आन्दोलन विस्प्रभावी सावित भयो । तर्कसंगत आन्दोलन नभए मधेसी मोर्चाको आन्दोलनकै हविगत जनताले बनाइदिने छन् भन्ने पुष्टिसमेत यस पटक भएको छ ।

मधेसी नेता कसरी भए तिरस्कृत ?

मधेसी मोर्चाको आन्दोलनमा पछिल्लो पटक मोर्चाकै नेताहरुबीच किन मनमुटाव भयो त्यसको जरो पहिल्याउन जरुरी छ । राजेन्द्र महतो, महेन्द्र राय यादव र उपेन्द्र यादव किन जनताका बिचमा आलोचित भए ? उनीहरु जनताबाट किन तिरस्कृत भए (?) यो उनीहरुले बुझ्न जरुरी छ । उनीहरुको आन्दोलन र अभिब्यक्तिबाट यो कुरा प्रष्ट हुन्छ कि उनीहरु भारतको ईसारामा देशमा आन्दोलनको निहँु गरेर यो देशको तराई भूभाग भारतलाई सुम्पिन चाहन्थे । आफ्नो ब्यक्तिगत ईच्छापूर्ति गर्नका लागि उनीहरुले हजारौं मधेसी स्वाभिमानी नेपालीको टाउको भारतलाई बेच्न लागेको यस पटकको आन्दोबाट पुष्टि हुन्छ । यो कुरा उनीहरु स्वीकार्न चाहँदैनन् तर उनीहरुको मनसाय र भित्री कालो योजनाको कर्तुत यही थियो ।

नेपालमा लगाएको नाकाबन्दीले भारतलाई अन्तर्राष्ट्रिय दवाव पनि धेरै प¥र्यो । जुन कुराले गर्दा उसको अन्तर्राष्ट्रिय जगतमा पनि निकै ठूलो वेइज्जत भयो । मधेसी मोर्चाको आन्दोलन पनि तुहिन पुग्यो । मधेसी मोर्चाका नेताहरु पंगु बने, उनीहरुलाई अधिकांश नेपालीले भारतको दलाल र भारतको मतियारको उपाधी दिए ।

भारतको बचाउ र सहयोग

मधेसी मोर्चाका नेताहरुले राष्ट्रिय स्वाभिमानबिरुद्ध भारतको इशारामा नेपाल–भारत सीमा नाकाहरुमा आन्दोलन गरे र भारतको बचाउका लागि जस्तो सुकै झुठा अभिव्यक्ति दिन पनि पछि परेनन् । मोर्चाको आन्दोलन सशक्त पार्नका लागि भारतले वीरगन्जमा भारतीय नागरिकलाई समेत पठाएर घुस पैठ ग¥यो । भारतले मधेसी मोर्चाका कार्यकर्तालाई सीमा पारीसमेत मेस सञ्चालन गरेर आन्दोलनकारीलाई सहयोग गरेकै हो । भारतको यो रवैया पनि एक छिमेकी राष्ट्रले अर्को छिमेकी राष्ट्रलाई गर्नै नहुने खालको क्रियाकलाप हो । यदी भारत नेपालको असल छिमेकी मुलुक हुँदो हो त उसले नेपालका आन्दोलनकारीलाई नभई नेपाल सरकारलाई सहयोग पु¥याउनु पथ्र्यो । भारतले मधेस्ी मोर्चालाई जति सुकै सघाउँदै नाकाबन्दी जस्तो घृणित कार्य गरे पनि अन्ततः जसरी अघोषित रुपमा उसले नाकाबन्दी ग¥यो उसैगरी झुकेर उसले अघोषित रुपमै नाकाबन्दी फिर्ता गर्न बाध्य हुनुप¥यो ।

किन फिर्ता लियो त भारतले नाकाबन्दी ?

आखिर किन भारतले नाकाबन्दी फिर्ता गर्नु प¥र्यो त ? यसको जवाफ प्रस्ट छ । यो नाकाबन्दी एक भूपरिवेष्ठित मुलुकमाथि अर्को छिमेकी राष्ट्रले गर्न नपाईने संयुक्त राष्ट्र संघको घोषणापत्रमा समेत उल्लेख छ । यी बुँदाको सवै सदस्य राष्ट्रले पालना गर्नुपर्छ भन्ने कुरा भारतले राम्ररी बझेको छ । त्यसैगरी भारतलाई अन्तर्राष्ट्रिय दवाव पनि धेरै प¥यो । जसले भारतको अन्तर्राष्ट्रिय जगतमा पनि निकै ठूलो बेईज्जत भयो । यीनै कारणले गर्दा मधेसी मोर्चाको आन्दोलन पनि तुहिन पुग्यो । मधेसी मोर्चाका नेताहरु पंगु बने, उनीहरुलाई अधिकांश नेपाली जनताले भारतको दलाल र भारतको मतियारको उपाधी दिए । नेपालमा भारतले नाकाबन्दी लगाएको कुरामा नेपाल सरकार र आम नेपाली जनता सुरुदेखि नै विश्वस्त थिए । तर मधेसी मोर्चाका नेताहरु यो कुराको बचाउ गर्दै भारतले नभई आफूहरुले नाकाबन्दी गरेको कुरा बताउँदै हिँडे । नेपाली जनताले यो कुरा पत्याउँदै पत्याएननु र आखिर मधेसी मोर्चा घुँडा टेक्न बाध्य भयो अनि भारत झुक्यो ।

भारतको असन्तुष्टिको कारण

नेपाली जनताले ७० वर्षदेखि आफ्नै हातले लेख्न र जारी गर्न चाहेको संविधान गत असोज ३ गते संविधानसभाद्वारा जारी भएपछि मुख्यतः भारत असन्तुष्ट बन्यो । मधेसी मोर्चाका नेताहरुले त संविधानमा के लेखिएको छ त्योसमेत अध्ययन गरेका थिएनन् । उनीहरु भारतबाटै परिचालित हुन् भन्ने कुरा आन्दोनबाटै प्रमाणित भइसकेको छ । उनीहरु यो देशलाई भारतको गोटी बन्दै सिक्किमीकरण गर्न चाहिरहेका छन् । यदि यो देशमा कुनै दिन मधेसी मोर्चाको वर्चश्व रहेको खण्डमा रातारात नेपाललाई भारतसँग गाभ्ने छन्, यो उनीहरुको वर्तमान रवैयाबाटै प्रस्ट हुन्छ । त्यसैले मधेसी मोर्चाका नेताहरुले माग गरेको सविधान संशोधन पनि पुरा भइसकेको वर्तमान अवस्थामा उनीहरु फेरि पनि आन्दोलनको ध्वाँस पिटिरहेका छन् । उनीहरुले यो कुरा बुझ्न जरुरी छ कि जनताको हित भन्दा बाहिर गएर आफ्नो व्यक्तिगत स्वार्थमा गरिएको आन्दोलन पानीको फोका सिवाय अरु केही हुन सक्दैन । यस्ता बेतुकका आन्दोलनले जनतालाई २÷४ दिन सडकमा सवारी साधन गुडाउन अवरोध त होला तर अन्ततः उनीहरुले जनता र सरकारसँग माफी माग्दै फेरी पनि आन्दोलन स्थगित गर्नुको कुनै पनि विकल्प देखिँदैन ।