
काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) फुटबल उपाधि जितेर स्वदेश फर्किएका खेलाडीलाई हाँस्य कलाकार कुञ्जना घिमिरे (फतौरी बुढी)ले आर्शिवाद दिएकी छिन् ।
गोलकिपर विकेश कुथु र नवयुग श्रेष्ठसँग भेट गरेर उनले देशलाई कहिल्यै घात नगर्नु भन्दै आर्शिवाद दिएकी हुन् । खेलमा जित हासिल गर्दा ३ करोड नेपालीको मन खुशीले गद्गद् भएको प्रतिक्रिया दिएकी छिन् ।

एकैसाथ देश हसाउने सामथ्र्य बोकेका खेलाडीलाई देशले पनि उच्च सम्मान गर्नुपर्नेमा उनको जोड छ । खेलाडीहरुले खेल खेले जस्तै सबै एक भएमा नेपालीलाई कसैले पनि पछि पार्न नसक्ने उनको भनाई छ ।
रमाइलो भलाकुसारीका क्रममा विकेश र नवयुगले साग प्रतियोगिता नाकाबन्दीको रिस फेर्ने गतिलो अवसर सावीत भएको बताएका छन् ।
खेल जितेर स्वदेश फर्किदा पाएको स्वागत र खुशीले मेडल सिरानी हालेर नै निदाएको विकेशले बताएका छन् ।
यसको साथमा उनीहरुले आफ्नो व्यक्तिगत कुराहरु पनि फतौरी बुढीसँग साटासाट गरेका छन् ।
हेर्नुहोस भिडियोः















प्रतिक्रिया