२९ आश्विन २०८३, बिहिबार

बाजुराबाट विदेशिनेको संख्यामा वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidesik-rojgar

बाजुरा, ७ साउन । आर्थिक वर्ष २०७०/०७१ मा बाजुराबाट राहदानीको रिफारिस लिनेको संख्यामा १९.४३ प्रतिशतले वृद्धि भएको छ ।

बढ्दो युवा शक्ति विदेशिने क्रममा यो सङ्ख्यामा युवाले राहदानीको सिफारिस लिएका हुन् । बाजुराबाट आव २०६९÷०७० मा राहदानीको सिफारिस लिनेको सङ्ख्या ७६७ जना भए पनि गत आर्थिक वर्षको अन्त्यसम्म सो सङ्ख्या बढेर ९५२ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत आवमा राहदानीको सिफारिस लिनेमध्ये १५.२३ प्रतिशत अर्थात् १४५ जना दलित युवा छन् भने १.३६ प्रतिशत अर्थात् १३ महिलाले राहदानीको सिफारिस लिएका सो कार्यालयका खरिदार रामप्रसाद पाण्डेले बताउनुभयो ।

बढ्दो बेरोजगारीको समस्याकै कारण पछिल्लो समय विदेशिनेको सङ्ख्यामा वृद्धि भइरहेको बाजुराको हकमा यो सङ्ख्या ठूलो रहेको प्रमुख जिल्ला अधिकारी धुव्रराज जोशीले बताउनुभयो । बाजुरामा बर्सेनि युवा शक्ति विदेश पलायन भइरहेकै कारण कतिपय गाउँ युवाविहीन बन्ने अवस्थासमेत आएको बताइएको छ ।

स्थानीयस्तरमै रोजगारीको अवसर, प्राविधिक शिक्षाको अभावकै कारण युवा विदेश मोहमा परेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितले बताउनुभयो ।

सरकारी तवरबाट कामका क्षेत्र र स्रोतहरूको विस्तार गरी स्थानीयस्तरमा प्रेरणादायी कार्यक्रमको सुरुवात गर्न सके विदेशिने युवाको सङ्ख्यामा घट्न सक्ने उहाँको भनाइ छ । रासस