काठमाडौं । तेस्रो लिङ्गीको भूमिकामा रहेका अभिनेता राजेश हमाल अभिनित नेपाली फिल्म ‘सकुन्तला’को फष्ट लुक सार्वजनिक भएको छ ।
फिल्ममा राजेशले तेस्रो लिङ्गीको जोडदार भूमिका निभाएका छन् । उनलाई महिलाले लगाउने कपडा र सिरिङ्गारका सामाग्रीमा राम्रो सुहाएको छ ।
‘सकुन्तला’लाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्मको कथावस्तु तेस्रोलिङ्गीकै आसपासमा रहेको जनाइएको छ ।
फिल्ममा किशोर खतिवडा र नायिका अनु शाहले पनि अभिनय गरेका छन् । फिल्म जेठ १४ गते रिलिज हुने जनाइएको छ ।
फष्टलुकमा राजेशरले आफ्नो साडीलाई एकहातले माथि उचालेका छन् । अर्को हातले कसैलाई हान्न खोजेका छन् ।















प्रतिक्रिया