काठमाडौं, ९ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सत्तारुढ एकीकृत माओवादीको स्थायी समितिको बैठक बसिरहेको छ ।
काठमाडौंको लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा जारी बैठकमा मुलुकको समग्र राजनीतिक विषयमा छलफल भएरहेको बुझिएको छ । बैठकमा पार्टी संगठन, सदस्यता नवीकरण, भेला, गोष्ठी अधिवेशन आदिका विषयमा छलफल हुनेछ ।
बैठकमा फुटेर गएका माओवादीहरूसँगको पार्टी एकताका विषयमा पनि छलफल हुनेछ ।
सरकारको कामकारबाहीका विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ । सरकारको कामकारबाही सन्तोषजनक नरहेको भन्दै गुनासो आइरहेका बेला एमाओवादीले सो विषयमा पनि छलफल गर्न लागेको हो ।












प्रतिक्रिया