काठमाडौं, ९ फागुन । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको मतगणनामा नवीना लामा समूहले दीपक गौतम समूहलाई धेरै पछाडि छाडेको छ ।
पछिल्लो पटक प्राप्त मतगणनाको नतिजाअनुसार संस्थापन समूहबाट अध्यक्षमा उम्मेदवारी दिएकी लामाले झण्डै एक सय मतले अग्रता कायम गरेकी छिन् । लामाले ४ सय ७८ मत पाएकी छिन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट अध्यक्षमा प्रत्यासी बनेका गौतमले ३ सय ७४ मत पाएका छन् । महासचिवमा पनि लामा समूहका ऐन महर ४ सय ८१ मतसहित अगाडि छन् । उनलाई गौतम समूहका अब्दुल खाँले ३ सय ६९ मत प्राप्त गरेका छन् । अधिकांस पदमा लामा समूहले अग्रता कायम गरेको छ ।
हालसम्म उपत्याका, मेची, कोशी, माथिल्लो सगरमाथा, तल्लो सगरमाथा, जनकपुर, नारायणी, पूर्वी बागमती, पश्चिम बागमती, गण्डकी, धौलागिरिको मत गणना सकिएको छ ।
लुम्बिनी, राप्ती, भेरी, कर्णाली, सेती, महाकाली र विशेष क्षेत्रको मत गणना गर्न बाँकी छ । अनेरास्ववियुको मतगणनाको अन्तिम नतिजा आज दिउँसोसम्ममा परिणाम आउने सम्भावना रहेको छ ।
पश्चिम वागमति, गण्डकी र धाैलागिरी जाेड गरिएकाे मत परिणाम :
Nabina 373+27+62+25=487
dipak 311+7+36+20=374
Mahes 343+26+56+23=448
Rasmi 332+28+45+18=423
sunita 298+27+50+20=395
Shailes 296+23+46+18=383
Radhika 297+7+38+26=368
Saroj 304+6+30+22=362
jiban rai 284+8+34+20=346
Nilkantha 253+9+26+17=366
Ain 365+28+60+28=481
abdul 310+6+36+17=369
Makar 333 +26+42+23=424
Samik 360+28+61+24=473
Rc 351+28+64+30=473
basanta 255+26+45+17=343
bhakta 295+6+31+21=353
Ashes 283+6+40+18=356
bhim 237+6+24+13=310
Sudes 327+6+46+21=400
Arati 350+8+48+31=437
kamala 323+26+48+12=409
Durga 320+27+56+22=425
Osim 337+6+37+20=400
Amrit 337+27+52+27=443
Gautam 298+6+38+16=358
Jhapendra 379+28+54+24=485
kamal 290+5+40+18=353












प्रतिक्रिया