२९ आश्विन २०८३, बिहिबार

राष्ट्रपति र उपराष्ट्रपति संसदबाट एक किसिमले अनुमोदन भयोः पौड्याल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra-Poudel-Big

विराटनगर, ७ साउन । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपति र उपराष्ट्रपति संसदबाट एक किसिमले अनुमोदन भइसकेको दाबी गर्नुभएको छ ।

नेपाल प्रेस युनियन मोरङले बुधवार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले राष्ट्रपतिले संसदमा सम्बोधन गरिसकेकाले यो आफैँमा एक किसिमको अनुमोदन भएको बताउनुभयो । ‘अब यो विषयमा विवाद उठाउनुको कुनै अर्थ छैन,’ पौडेलले भन्नुभयो ।

यद्यपि, अनुमोदनका विषयमा दलहरूसँग आवश्यक परे छलफल गर्न तयार रहेको उपसभापति पौडेलको भनाई थियो ।

त्यसै गरी पौडेलले सरकारको कामकारबाहीबाट पार्टी सन्तुष्ट रहेको बताउनु भएको छ । उहाँले २६ सभासद् मनोनीत र राजदूतको नियुक्ति गर्ने जानकारी पनि दिनुभयो ।
‘अब बन्ने संविधान समावेशी एवम् लोकतान्त्रिक हुन्छ,’ उपसभापति पौडेलले भन्नुभयो, ‘नयाँ संविधानमा सातदेखि आठ प्रदेश निर्माण गर्न पार्टीले सुझाव दिए छ ।’

उहाँले भावनामा बगेर प्रदेशको निर्माण गर्नु नहुने दोहो¥याउनु भयो । ‘जनताका सुविधा, क्षमता तथा विकासको सहजतालाई बुझेर प्रदेश निर्माण गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
उहाँले सरकारद्वारा सार्वजनिक गरिएको यस आर्थिक वर्षका बजेट समावेशी रहेको पनि बताउनुभयो । उहाँले किसानको जीवनस्तर उकास्न विभिन्न कार्यक्रमका साथ कृषिमा ६ प्रतिशतभन्दा बढी ब्याज नलिने निर्णयले किसान उत्साहित भएको बताउनुभयो ।

नेता पौडेलले तोकिएको समयमा संविधान निर्माणका लागि विभिन्न राजनीतिक पार्टीभित्र आन्तरिक छलफल गरी सहमतिको बिन्दु पत्तो लगाई निर्धारित कार्यतालिकाभित्र बसेर संविधान निर्माणको काम भइरहेको उल्लेख गर्नुभयो ।
उपसभापति पौडेलले बिपीको जन्म शताब्दीको अवसरमा बिपी विचार यात्रा शुभारम्भ भइसकेको समेत उल्लेख गर्दै कोइराला पक्राउ परेको स्थल विराटनगरको जुटमिलबाट पूर्वको विभिन्न जिल्लाहुँदै काठमाडौं लगेको बाटोमा विभिन्न कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो ।