३० आश्विन २०८३, शुक्रबार

पुष्पलाल राजनीतिक इतिहासका प्रखर अध्येताः योगेश भट्टराई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh-Bhattarai-1

काठमाडौँ, ७ साउन । नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुप्पलाललाई संम्झना गर्नुभएको छ । उहाँले श्रद्धाञ्जली कमरेड शीर्षकमा लेखेको विचार यहाँ प्रस्तुत गरिएको छ:

श्रावण ७ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मध्येका मूख्य नेता कमरेड पुष्पलालको ३५ औं स्मृति दिवस हो । वि.सं १९८१ असार १५ गते रामेछाप जिल्लामा जन्मनु भएका पुष्पलालको ०३५ साल श्रावण ७ गते भारतमा निधन भएको थियो ।

कमरेड पुष्पलालको अगुवाईमा २००६ साल बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । त्यही पार्टी आज नेकपा एमालेका रुपमा कम्युनिष्ट आन्दोलनको मूख्य धारका रुपमा क्रियाशील रहेको छ ।

कमरेड पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा अनुबाद गर्नुका साथै नेकपाको पहिलो घोषाणापत्र समेत जारी गर्नुभयो ।

माक्र्सवादी अध्ययनका धुरन्धर विद्वान पुष्पलाल नेपालको सामाजिक तथा राजनीतिक इतिहासका प्रखर अध्येता हुनुहुन्थ्यो । पञ्चायतका विरुद्ध नेपालका वामपन्थी र लोकतान्त्रिक शक्तिहरुका बीचमा संयुक्त संघर्षको आवश्यकतालाई जोड दिंदै संयुक्त मोर्चाको नीति अघि सार्नुभएका पुष्पलालको जीवनमा त्यो नीतिको कार्यान्वयन नभए पनि त्यसैको जगमा ०४६ सालको संयुक्त जनआन्दोलन मार्फत नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना संभव हुन पुग्यो ।

०१५ सालको आम निर्वाचनबाट चार सीटमात्र जित्न सफल भएको कम्युनिष्ट पार्टीको नेताका हैसियतले कमरेड पुष्पलालले ०१७ मा विघटित संसदको पूनःस्थापनाको नारा अघि सारेर कम्युनिष्ट पार्टी जननिर्वाचित संसदको पक्षमा रहेको, जनताको सार्वभौमसत्ताको पक्षमा रहेको, बहुदलीय व्यवस्थाका पक्षमा रहेको र प्रतिस्पर्धाको राजनीतिलाई स्विकार गरेको स्पष्ट सन्देस दिनुभयो ।

यही विचारलाई विकसित गर्दै वहाँका उत्तराधिकारी कमरेड मदन भण्डारीले ०४९ सालमा जनताको बहुदलीय जनबादको विकास गर्नु भयो ।
कम्युनिष्ट पार्टी स्थापना भएको करिव ६६ बर्ष पछि हालै सम्पन्न नेकपा एमालेको नवौं महाधिवेशनले नेपाली समाज पुजिवादी समाजमा रुपान्तरण भएको, नेपालमा शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक राजनीतिक क्रान्ति सम्पन्न भएको, अब आर्थिक÷सामाजिक क्रान्तिको दिशावाट अघि बढ्दै सम्मृद्ध नेपालको निर्माण गर्ने कार्यदिशा निर्धारण गरेको छ ।

समाजबादका आधार तयार गर्ने ऐतिहासिक अविभार आजका कम्युनिष्टहरुको काँधमा आइपुगेको छ । यसका लागि छरपस्ट र विभाजित अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने दायित्व पनि नेकपा एमालेको रहेको छ ।

यी सबै कामहरु कमरेड पुष्पलाल लगायत अग्रज नेताहरुले देखाएकै पथबाट अघि बढिरहेको छ । आजका दिनमा कमरेड पुष्पलालका नीति र योगदानको सार्थकता अझ बढेर गएको छ । महान नेता कमरेड पुष्पलालप्रति भावपूर्ण श्रद्धाञ्जली ।