२४ कार्तिक २०८३, मंगलबार

ओली–मोदीको ३५ मिनट गोप्य कुराकानी, के–के भयो सहमति ? (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli & Narendra Modi India Nepalकाठमाडौं, ८ फागुन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीवीच ‘वन टु वान’ कुराकानी भएको छ ।

नयाँ दिल्लीको हैदराबाद हाउसमा भएको भेटवार्तामा दुबै प्रधानमन्त्रीले पछिल्लो समयमा दुई देशवीचको सम्बन्धमा देखिएको चिसोपनाको कारणहरूबारे खुलेरै छलफल गरेका छन् ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाका अनुसार दुई प्रधानमन्त्रीवीच नेपालमा जारी भएको संविधान, त्यसपछि सम्बन्धमा देखिएको चिसोपन, सीमा विवाद, मधेस आन्दोलन, सीमांकनको लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्र, भावी सम्बन्ध, पञ्चेश्वर आयोजनाको कार्यान्वयन, नेपालमा लगानी अभिबृद्धि, ब्यापारिक समस्या सहित सम्पूर्ण विषयहरूमा कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले नेपालमा संविधान जारी भएपछि भारतले स्वागत नगर्दा आएको समस्या र त्यसले नेपालीको जनजीवनमा पारेको प्रभावको विषयमा कुराकानी राख्दै आफू नेपाल भारत सम्बन्धलाई समधुर बनाएर अघि बढ्ने पक्षमा रहेको बताएका थिए ।

उनले मधेसको चाहना अनुसार संविधान संसोधन भईसकेको र सीमांकनको लागि पनि संयन्त्र गठन भईसकेकोले अब त्यसमा मधेसी दलहरूको पनि सहभागिता गराउने प्रतिबद्धता ब्यक्त गर्दै आफू नेपाल भारत सम्बन्ध सुमधुर बनाउन लागि परेको बताएका थिए । भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधानको खुलेर प्रशंसा गर्नुका साथै स्वागत गरेका छन् ।

मोदीले नेपालमा संविधानसभाले जारी गरेको संविधानमा आफूहरूको असहमति नभएको स्पष्ट पार्दै केवल सबैको अपनत्वमात्रै होस भन्ने चाहना ब्यक्त गरेको बताएका थिए । उनीहरुवीच करिब ३५मिनेट कुराकानी भएको थियो ।

1(25) 2(23)