काठमाडौँ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३६ औं स्मृति दिवस बुधवार विविध कार्यक्रम गरी गरी मनाइदैँँछ ।
उहाँको संम्झनामा नेकपा एमालेले पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको छ । नेकपा एमालेका नेता कार्यकर्ताहरूले महेन्द्रनगरस्थित पुष्पलाल चोकमा पुष्पलालको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
त्यसैगरी एमाओवादीले पनि पार्टी मुख्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी पुष्पलालको स्मृति दिवस मनाउने भएको छ । अन्य कम्युनिस्ट पार्टीहरुले पनि विभिन्न कार्यक्रम गरी पुष्पलालको संम्झना गरेका छन् ।
वि.सं १९८१ असारमा रामेछापमा जन्मिएका श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव हुनुहुन्थ्यो । कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भारतको कोलकतामा भएको हो ।
















प्रतिक्रिया