काठमाडौं, ८ फागुन । भारतले आजदेखि थप ८० मेगावाट बिजुली दिएको छ ।
ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने बिजुलीको आज भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रिमोटमार्फत स्वीच थिचेर उद्घाटन गरिएको छ ।
दुबै प्रधानमन्त्रीले हैदराबाद हाउसमा भएको एक समहारोमा बिजुलीको स्वीच अन गरेर उद्घाटन गरेका हुन् । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सीबीच बिजुली खरिद बिक्री सम्झौता भइसकेको छ ।
त्यसै गरी भेटवार्तामा दुई पक्षीय सम्बन्ध र अन्य विविध विषयहरूमा पनि छलफल भएका छन् ।
प्रधानमन्त्री ओली र मोदीको उपस्थितमा नौ सम्झौता भएको छ । हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता पत्र आदान भएको छ ।
सम्झौतामा २५० मिलियन अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ ।












प्रतिक्रिया