काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ ।
नयाँ दिल्लीको हैदरावाद हाउसमा ओली र मोदीबीच भेट भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भेटमा उनीहरुबीच दुई देशको सम्बन्ध सुदृढ लगायतका विषयमा छलफल भएको बुझिएको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीलाई शनिबार बिहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।












प्रतिक्रिया