मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा ३३ वर्षकी भएकी छिन् । १८ वर्षको उमेरमा सन् २००० मा भएको ‘मिस वल्र्ड’ प्रतियोगिताको विजेता प्रियंकाको जन्म सन् १९८२ को जुलाई १८ तारिखका दिन झारखण्डको जम्शेदपुरमा भएको हो ।
बलिउडमा सन् २००३ को फिल्म ‘द हीरो’ बाट करियर सुरु गरेकी प्रियंकाले पछिल्लो समयमा गायिकाको समेत परिचय बनाएकी छिन् ।
प्रियंकाले बलिउडमा ‘मुझसे शादी करोगी’, ‘क्रिश’, ‘डन २’, ‘फेसन’, ‘७ खुन माफ’, ‘बर्फी’ ुमेरी कोमु जस्ता सफल फिल्ममा अभिनय गरेकी छिन् ।
प्रियंकाले यस अवधिमा भारतको राष्ट्रिय फिल्म अवार्ड, फिल्म फेयर अवार्ड जितिसकेकी छिन् । बलिउडमा ‘देशी गर्ल’को नामले समेत परिचित प्रियंकाले बलिउडका चर्चित अभिनेताहरु शाहरुख, सलमान खान, अक्षय कुमार, ऋतिक रोशन लगायतसँग काम गरिसकेकी छिन् ।
सफलताको उचाइँमा अघि बढिरहेकी प्रियंकाले मुम्बईमा भएको एक सार्वजनिक कार्यक्रममा बेइज्जतीको सामन गर्नु परेको थियो ।
कार्यक्रममा छोटो कपडा पहिरिएर उपस्थित प्रियंकाले पत्रकारहरुको प्रश्नको उत्तर दिने क्रममा पेन्टी देखिएपछि लज्जित हुनु परेको थियो । एजेन्सी















प्रतिक्रिया