२४ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओलीको भारत भ्रमणः भोली समकक्षी नरेन्द्र मोदीसँग वार्ता गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khadga Prasad Sharma Oli

काठमाडौं, ७ फागुन । ६ दिने भारत भ्रमणका क्रममा शुक्रबार दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री ओलीले शनिबार विहानैदेखि दिल्लीमा राजनीतिक भेटवार्ता सुरु गर्नेछ ।

भ्रमण कार्यक्रमअनुसार ओलीले विहानै भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग औपचारिक भेटवार्ता गर्नेछन् । त्यसपछि स्वराजले ओलीलाई समकक्षी नरेन्द्र मोदीसँग भेट गराउनेछिन् । दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि नेपाल–भारतको प्रतिनिधीमण्डलबीच सामाजिक तथा आर्थिक मुद्दामा वार्ता सुरु हुनेछ । यो वार्ता दिउँसो १२ बजेपछि हुनेछ ।

त्यसपछि प्रधानमन्त्री ओलीलाई गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेटलीले भेट गर्नेछ । शनिबार अपराह्न प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नेछन् ।

यसअघि शुक्रबार ओलीलाई दिल्लीमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् ।

शुक्रबार भारत भ्रमणका लागि काठमाडौंबाट दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री ओली फागुन १२ गते भ्रमण पुरा गरी स्वदेश फर्किनुहुनेछ ।