२४ कार्तिक २०८३, मंगलबार

ओली दिल्ली उड्नै लाग्दा मोर्चाले निकाल्यो कडा विज्ञप्ति: तानाशाह प्रवृति देखाएको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ७ फागुन । ६ दिने भारत भ्रमणका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली उड्नै लाग्दा तराईमा आन्दोलनरत मधेसी मोर्चाले कडा प्रतिक्रिया जनाएको छ ।

शुक्रबार दिउँसो विज्ञप्ति जारी गरी मोर्चाले एकलौटी निर्णय गर्दै ओली नेतृत्वको सरकारले तानाशाही प्रवृति देखाएको आरोप लगाएको छ । उसले एकतर्फी ढंगले सिमाङ्गनमा देखिएको समस्या समाधान गर्न भनि बनाएको राजनीतिक संयन्त्रको अस्वीकार गरेको छ ।

मोर्चाको तर्फबाट निरन्तर वार्ता र सम्वादमार्फत समाधान खोज्ने पहल हुँदाहुँदै पनि प्रमुख तीन दलले शुरु देखीनै एकतर्फी ढंगले संख्याको दम्भ र अहंकार देखाउँदै अपुरो संविधान जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा छ् ‘आन्दोलन दबाउने उद्देश्यका साथ हाम्रो सरोकार र सहमति बेगर नै संविधान संशोधन त भयो तर मागलाई सम्बोधन गरिएन ।’

‘षड्यन्त्रमूलक ढंगले मधेसको माग पूरा गर्नुभन्दा आफ्नो विदेश भ्रमणलाई उपलब्धिपूर्ण देखाउने मनसायका साथ सम्वाद नै बिथोल्नेगरी तानाशाही प्रवृति देखाउदै एकतर्फी ढंगले सीमांकनमा देखिएको समस्या समाधान गर्न भनि बनाएको राजनीतिक संयन्त्रले हामी आन्दोलनरत पक्षहरुको माग सम्बोधन नगर्ने भएकोले यस्तो राजनीतिक संयन्त्रलाई मोर्चा अस्विकार गर्दछ ।’ विज्ञप्तिमा लेखिएको छ ।

यसअघि सरकारले विहीबार राति सीमांकन टुंग्याउन उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा राजनीतिक समिति गठन गरेको थियो ।

यस्तो छ विज्ञप्तिः

morcha falgun7