२४ कार्तिक २०८३, मंगलबार

एक्सक्लुसिभः यो हो प्रधामन्त्री ओली बस्ने भारतको राष्ट्रपति भवन (हेर्नुस् फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-India

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजदेखि शुरू हुने ६ दिवसीय भारत भ्रमणलाई उच्च सम्मान दिंदै भारतीय राष्ट्रपति भवनमा राखिने तयारी गरिएको छ ।

भ्रमणको सबैभन्दा चासोको विषय नै यही हो । सबैलाई जिज्ञासा हुन सक्छ आखिर कस्तो छ त प्रम ओली बस्ने ठाउँ ? कसरी सजिएको छ त ओलीको सुत्ने कोठा ? कहां बसेर ओलीले राजनीतिक भेटघाट गर्छन् ? ओलीको सम्मानमा दिईने भोज कुन ठाउंमा हुनेछ ?

दैनिक नेपाल डट कमले आफ्ना पाठकहरूको लागि भारतको नयां दिल्लीस्थित राष्ट्रपति भवनको भित्री र एक्सक्लूसिभ तस्वीरहरू सार्वजनिक गर्दैछ ।

Indian-President-House (2)
प्रम ओलीले राष्ट्रपति भवनको यसै बैठक कक्षमा भारतका राजनीतिक दलका प्रमुखहरू संग भेंटघाट गर्नेछन्।
Indian-President-House (1)
यस विशेष बैठक कक्षमा प्रधानमन्त्री ओली र भारत सरकारका विभिन्न मन्त्रीहरू संग भेटघाट गर्नेछन्।
Indian-President-House (4)
यो कक्षमा भारतका राष्ट्रपतिले प्रम ओलीको सम्मानमा स्टेट ब्यांक्वेटको आयोजना गरेका छन्।
Indian-President-House (5)
यस विशेष कक्षमा भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमंडल बीच भेटघाट हुने छ।
Indian-President-House (3)
यस बैठक कक्षमा भारतका राष्ट्रपतिले नेपाली प्रतिनिधिमंडललाई संबोधन गर्ने कार्यक्रम रहेको छ।
Indian-President-House (6)
प्रम ओली यसै विशेष कोठामा सुत्ने छन्। पुरातन शैलीमा बनाईएको यो कोठामा प्राचीन कलात्मक रूपले सजाईएको छ।

Indian-President-House (7) Indian-President-House (8)