
काठमाडाैं । यसपालि भ्यालेन्टाइनमा थुप्रैका प्रेम र प्रणय जोडिए । तर, मोडलिङमा लागेकी हिरोइनको प्रेम टुट्यो मात्र हैन, प्रेमी त्यही दिनदेखि प्रहरी हिरासतमा छन् । कसुर हो प्रेम त्यागेपछि नायिकाबाट परेको उजुरी ।
छोटा बस्त्रसहित छोटा सिनेमामा देखिने जोडी हो, सोनिका बास्तोला र शंकर गिरीको । सोनिका प्रगति गर्दै ठूलो पर्दाको ‘डेञ्जर’ फिल्म खेलिन । उनीहरुले खेलेका सिनेमामा बस्त्र मात्र छोटा थिएनन्, छोटै समयमा बसेको प्यारको अवधि पनि छोटैं रह्यो ।
अर्थात सँगै मर्ने—बाँच्ने बाचासहित बाँधिएको सम्बन्ध सोनिकाले एकतर्फी टुटाइन । प्रेम टुट्दा शंकरको मन नराम्रोसँग टुट्यो । सोनिकालाई सम्झाउन खोजे । ‘तँ खातेसँग म कुरा गर्दिन’ भनेर दुत्कारिन । यसपछि शंकरको मन झन भत्भती पोल्यो । त्यसपछि ‘खाते’ भनेविरुद्ध शंकरले मोबाइलमा एसएमएस प्रत्तिउत्तर पठाउन थाले ।
पठाएमध्येको एउटा म्यासेज छ, ‘तेरो रेट कति हो ? म एक—एक तिर्न सक्छु । आइज, तँलाई अपनाउँछु…।’ यसरी प्रेम सम्बन्ध छुटाएकै कारण रातदिन मोबाइलबाट अत्याचार चल्न थालेपछि हैरान भएकी सोनिकाले एक महिनाअघि जावलाखेल प्रहरीमा उजुर गरिन् ।
इटहरीकी स्थानीय बासिन्दा सोनिका पाटन, च्यासलमा डेरा बस्छिन् । कतिपल्ट त शंकरले डेरा पुगेरै हातपात गर्न खोजे । बानेश्वरका बासिन्दा शंकरलाई अनेक तरहले सोनिकाले चेतावनी दिइन । तर, जति चेतावनी दियो, उति—उति अश्लील एसएमएस र धम्कीको वर्षा हुन थाल्यो । जब प्रहरीमा उजुर गरिन्, त्यसपछि पनि शंकरले तथानाम भन्न बाँकी राखेनन् । प्रहरीले शंकरलाई पक्राउ गर्न उनको ठाउँ—ठेगानामा पुग्यो । तर, प्रहरी आएको सुइको पाएर भागे । भागेर कहिले मलेखु, कहिले बाह्रबिसेतिर हल्लिदैं हिडे ।
त्यसरी भाग्दा उनले फेरि सोनिकालाई एसएमएस पठाए, ‘सानु प्लीज यस्ता नगर न यार । तँलाई म कत्ति माया गर्छु, तँलाई के थाहा छ ? तैले पो मलाई धोका दिइस्, मैले तँलाई धोका दिएको हो र ?’ तर, सोनिकाको मन फर्किएन । उता, प्रहरीको हैरानी अर्कै । शंकर मोबाइल स्वीच अफ गरेर भागेका थिए । लोकेशन ट्याक गरेर धेरैचोटी सम्बन्धित ठाउँमा पुग्यो । तर, प्रहरी पुग्नुअघि नै भागिसकेका हुने ।
श्हरमा प्रेम र प्रणय साट्ने ‘भ्यालेन्टाइन डे’ मा मग्न थियो । सोनिका आफ्ना अर्का प्रेमीसँग प्रेममा थिइन—काठमाडौंमै कतै । प्रहरीले फोन ग¥यो, ‘शंकरलाई हामीले समात्यौं अब अदालत पेश गर्ने हो । बोलाएको बेला उपस्थित हुनुहोला ।’
यसरी फागुनको १ गते पूर्व प्रेमिका उल्लासपूर्ण भ्यालेन्टाइन मनाइरहँदा भत्किएको प्रेम सम्झदैं विहानैबाट मात्ने आदत लागिसकेका शंकर प्रहरीको फन्दामा परे । अहिले उनी ललितपुर प्रहरी हिरासतमा छन् । उनी विरुद्ध सार्वजनिक अपराधमा म्याद थप भएको छ । पक्राउ परेपछि सोनिका हिरासतमा गइन्, शंकरलाई भेट्न । राम्रैसँग गाली गरिन । शंकरले भने, ‘माफ गरिदेऊ । मैले गल्ती गरे ।’ (जनआस्था साप्ताहिकबाट)















प्रतिक्रिया