काठमाडौं, ७ फागुन । गायक शिव परियारको वैवाहिक जीवनको आज नवौँ वर्ष पूरा गरी दसौँ वर्ष प्रवेश गरेको विशेष अवसरमा आफ्नी पत्नीलाई सम्झिएका छन् ।
गायक परियारले आज बिहानै आफू र आफ्नी पत्नीसँगै बसेर खिचेको (पुरानो) तस्बिर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक पनि गरेका छन् ।
राम्रो स्वरका धनी गायक परियारको वैवाहिक जीवनले सफलताका साथ ९औँ वर्ष पार गरेर १०औँ सुरुवात गरेकोमा पत्नीप्रति भावपूर्ण भावना पनि लेखेका छन् । यी शब्दले शिवले पत्नीलाई कति धेरै माया गर्छन् भन्ने देखाएको छ ।
‘हाम्रो विवाहको नवौँ वर्ष गाँठ पूरा भई आज दशौँ वर्षमा प्रवेश गरेका छौं । गृहस्थी जीवन राम्रै चलेको छ । सधै साथ सहयोग र माया पाई रहुँ तिमीबाट । एउटा सानो परिवार छ । म सधैँ यो परिवारलाइ खुशी राख्न कोशिस गरिरहने छु’, सन्देशमा खुसी व्यक्त गर्दै गायक परियारले लेखेका छन् ।















प्रतिक्रिया