३० आश्विन २०८३, शुक्रबार

पर्वत सेवा समाज इजरायलको सहयोगमा आँखा शिविर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Israyalइजरायल, ७ फागुन । पर्वत जिल्लाको भँगरा गाविस १ उल्लेरीमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन हुनेभएकोछ । पर्वत सेवा समाज इजरायलको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निःशुल्क आँखा सञ्चालन हुनेभएको हो ।

यही फागुन १३ गते बिहीबार उल्लेरीस्थित लिमी निमाविको प्रांगणमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म निःशुल्क आँखा शिविर सञ्चालन हुने पर्वत सेवा समाज इजरायलकी महासचिव दिया चापागाईले बताइन् । शिविरका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको महासचिव चापागाईको भनाई छ ।

आँखा शिविरमा बिज्ञ चिकित्सकद्वारा आँखाको चेकजाँचका साथै बिरामीको अवस्था हेरी निशुल्करुपमा शल्यक्रिया (अप्रेसन), चश्मा र औषधि उपलब्ध पनि उपलब्ध गराइने आयोजकले जनाएको छ ।

आँखाजस्तो संवेदशिल अंगको रोगबाट आर्थिक अभावमा उपचार गर्न नपाएर थलिएकाहरुले आफ्नै गाउँठाउँमा सेवा पाउन भनेर हिमालय आँखा अस्पताल पोखरासँग समन्वय गरी निशुल्क आँखा शिविर सञ्चालन गर्न लागेको महासचिव चापागाईले बताइन् । आँखा शिविरमा आउनेहरुलाई निशुल्करुपमा चियानास्ताको पनि ब्यवस्था गरिएको छ ।

शिविरमा आएर आँखाको चेकजाँच गरी फाइदा लिन आयोजकले सबैलाई अनुरोध गरेको छ ।

रोजगारीको सिलसिलामा इजरायलमा रहेका पर्वतबासीको पहलमा एकवर्षअघि ‘बाध्यताले देखायो प्रदेशको बाटो : नभुलौं कसैले जन्मेको माटो’ भन्ने नारासहित स्थापित ‘पर्वत सेवा समाज इजरायल’ ले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

म्हासचिव चापागाईका अनुसार समाजले यसअघि दैबीप्रकोपबाट पीडित, असहाय, अशक्त दीनदुखीहरुलाई आर्थिक लगायतका सहयोग गरेको थियो ।