काठमाडौँ, ६ साउन । विसं १९७१ सालमा जन्मिनु भएका विश्वेश्वर प्रसाद कोइ्रालाको अहिले पनि उत्तिकै चर्चा छ । नेपाली कांग्रेसका संस्थापक नेता कोइरालाको राजनीतिसँगै साहित्यमा पनि उत्तिक्कै चर्चा छ ।
राजनीतिमा साहित्य र साहित्यमा राजनीतिको कुनै पनि गन्ध आउनु हुँदैन भन्ने मान्यता राख्ने कोइरालाको आजदेखि मुलुकभरी नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरु वीपी स्मृति दिवस एवं वीपी कोइराला जन्म शताब्दी दिवस मनाउन व्यस्त बनेका छन् ।
यही सन्र्दभमा यहाँ उहाँको राजनीतिक जीवन, साहित्यिक यात्रालगायतका बारेमा केही चर्चा गर्ने जमर्को गरिएको छ ।
कोइरालाको राजनीतिक जीवन तत्कालिन समयमा भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भएको देखिन्छ । उच्च माध्यमिक तहसम्मको शिक्षा बनारसमा पूरा गर्नुभएका वीपीले बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गर्नुभएको थियो ।
लामो समय दार्जीलिङमा बसेर कानून पेशामा समेत संलगन वीपी विद्यार्थी कालदेखि नै राजनीतिमा नजिक हुनुहुन्थ्यो । इ.संं. १९४२ देखि १९४४सम्म दोस्रो विश्वयुद्धको समयमा उहाँलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गरेको थियो । त्यहाँबाट छुटेपछि उहाँ इ.सं. १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरी त्यही आवद्ध रहेको पाइन्छ । पछि त्यही पार्टी नेपाली कांग्रेस बन्न पुग्यो।
१९४७ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उहाँलाई नेपाल सरकारले एक वर्ष कैद गरेको थियो। त्यसपछि अझ उहाँको राजनीतिप्रतिको झुकाव बढेको पाईन्छ ।
इ.सं. १९५१ मा उहाँले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरू गर्नुभएको थियो । अक्टोबर १९५१ मा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो।
त्यस पछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो । कोइराला त्यस सरकारको गृहमन्त्री बन्नुभयो । इ.सं. १९५९मा भएको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेस विजयी भएपछि उहाँ प्रधानमन्त्री बन्नुभयो । त्यो सरकार करिव १८ महिना टिकेको थियो ।
उहाँले आफ्नो प्रधानमन्त्री कालमा संयुक्त राष्ट्रसंघ, भारत तथा चीनको मैतृपूर्ण भ्रमण गर्नुभएको थियो भने ती देशसँगको सम्वन्ध समधुर कायम गर्नुभएको थियो ।
२०१७ ससाल पुस मा तत्कालिन राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइरालाको सरकार भंग गरे। त्यसपछि उहाँलाई कैद गरियो र कुनै मुद्दा बिनानै उहाँ करिव ८ वर्ष कैदमा बस्नु प¥यो ।
इ.सं. १९६८ उहाँलाई बनारस निर्वासनमा जान दिइयो। तत्कालीन राजा महेन्द्रले ०१७ सालमा जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि ०१८–०१९ सालमा नेपाली कांग्रेसले हतियारवद्ध सशस्त्र संघर्ष थाल्यो । इ.सं. १९७६मा उहाँ मेलमिलापको नीति लिएर नेपाल फर्किनु भयो । त्यो अघिसम्म विपीको लाइन राजतन्त्रविरुद्ध सशस्त्र संघर्ष गर्नुपर्छ भन्ने मै थियो । त्यही बेला तत्कालीन नेपाल सरकारले उहाँलाई देश द्रोहको अभियोगमा कैद गर्यो।
अन्तर्राष्ट्रिय दबाबका कारण उहाँलाई १९७८ मा उहाँका बिरूद्ध लगाईएका सबै अभियोगहरू सरकारले फिर्ता लियो। १९७९ अर्थात २०३६ सालकोआन्दोलनका बेला उहाँलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो। उहाँको मृत्यु उनको मृत्यु २०३९ सालमा काठमाडौंमा भएको हो ।
उहाँका तीन घुम्ती, नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी, बाबु, आमा र छोरा
प्रकाशित छन् भने उपन्यासहरु दोषी चश्मा, श्वेतभैरवीलगायत छन् ।
जीवनीहरुमा वीपीको आत्मकथा, जेल जर्नल प्रकाशित छन् । ती सबै कृति उहाँले जेल जीवनमै लेख्नु भएको हो । वीपीका दुई छोरा प्रकाश कोइराला र शशांक कोइराला अहिले पनि राजनीतिमा हुनुहुन्छ ।















प्रतिक्रिया