
काठमाडौं, ६ फागुन । पहिलो विदेश भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तालिका सार्वजनिक भएको छ ।
विहीबार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको ६ दिने भारत भ्रमणका कार्यक्रमहरुको सूची सार्वजनिक गरेको हो ।
फागुन ७ गतेदेखि भ्रमणमा जान लागेका प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यका साथ राजकीय पाहुनाका रुपमा राष्ट्रपति भवनमा बस्नेछन् ।
यस्ता छन् कार्यक्रम :-
फागुन ७ : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँ दिल्लीस्थित दूतावासमा आयोजना गर्ने प्रजातन्त्र दिवसको कार्यक्रममा सहभागी हुने ।
फागुन ८ : भारतीय राष्ट्रपति भवनमा रिसेप्सन र गार्ड अफ अनरको अवलोकन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित हैदराबाद हाउसमा भेट । भारतीय प्रमद्वारा नेपाली प्रमको सम्मानमा दिवाभोज आयोजना ।
फागुन ९ देखि १२ गतेसम्म
- भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसित भेट ।
- प्रधानमन्त्री ओलीद्वारा साप्रु हाउसस्थित इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्समा भारतीय व्यापारी समुदायलाई सम्बोधन गर्ने ।
- भारतीय मिडिया र नेपाली समुदायसित अन्तर्क्रिया गर्ने।
- उत्तराखण्डमा तेहरी हाइड्रोपावर प्रोजेक्ट साइटको अवलोकन गर्ने
- गुजरातको भुजमा भूकम्पपछिको पुननिर्माण कार्य अवलोकन गर्ने
- मुम्बईमा उद्योगी व्यवसायीसँग भेट्ने ।












प्रतिक्रिया