२४ कार्तिक २०८३, मंगलबार

एमाले अखिलको मत गणना भोलि पार्टी कार्यालयमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak & Nabinaकाठमाडौं, ६ फागुन । एमाले निकट अनेरास्ववियूको मतगणना पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भोलि शुक्रबार हुने भएको छ ।

आज बिहान ५ बजे सम्पन्न मतदानपछि मतगणना पार्टी कार्यालयमा भोलि गरिने एमाले नेता तथा विद्यार्थी संगठन प्रमुख रविन्द्र अधिकारीले जानकारी दिनुभयो । ‘मतदान आज बिहान सक्कियो । सबै थाकेका छन् । निद्राले हैरान भएका छन्’, अधिकारीले भन्नुभयो, ‘मतगणना भोलि बुधबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा हुन्छ ।’

एकसातादेखि काठमाडौंमा जारी अनेरास्ववियूको सम्मेलनमा आन्तरिक विवाद हुँदा अधिवेशन लम्बिएको थियो । सबै विवादित विषय मिलाएर हिजो बेलुकादेखि मतदान गराइएको हो ।

कमलादीस्थित प्रज्ञा भवनमा मतदान प्रक्रिया आज बिहान सक्किएको छ । मतदान प्रक्रिया सक्किए लगत्तै मतपेटी पार्टी कार्यालय धम्बाराही पुगाएर गणना गर्ने तयारी गरिएको बुझिएको छ ।

मैदानमा अध्यक्षका प्रत्याशीद्वय नवीना लामा र दीपक गौतम उत्रिएका छन् । उनीहरूले दुई प्यानल बनाएर प्रतिस्पर्धा गरेका हुन् । नवीनालाई संस्थापन पक्ष र गौतमलाई वरिष्ठ नेता माधव नेपाल पक्षको समर्थन रहेको आरोप छ ।