
काठमाडौँ, ५ फागुन । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहसचिवकोे सरुवा गरेको छ ।
इलाममा जनक दाहाल, बाग्लुङमा भागिरथ पाण्डे, बर्दियामा विष्णुबहादुर थापा, नुवाकोटमा डिल्लीप्रसाद पोखरेल, सिन्ुधलीमा ताराबहादुर कार्की, डोटीमा केशवबहादुर आचार्य, धनुषामा माधव चापागार्इं, धनकुटामा प्रेमप्रसाद उपे्रती, रौतहटमा नरहरि बराललाई प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको गृह प्रवक्ता यादव कोइरालाले जानकारी दिनुभयो ।
त्यसैगरी विष्णुकुमार कार्कीलाई इलामबाट डिल्लीबजार कारागार, दीपकराज नेपाललाई सिन्धुलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कृष्णबहादुर राउतलाई विमानस्थलबाट गृह मन्त्रालय, यज्ञराज बोहरालाई डोटीबाट गृह मन्त्रालय, उमेशराज ढकाललालई नुवाकोटबाट गृह मन्त्रालय सरुवा गरिएको छ । रासस












प्रतिक्रिया