१५ कार्तिक २०८३, आइतबार

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhapa_nepal-map

सुरुङ्गा (झापा), ५ फागुन । झापाको गरामनी–३ स्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट आज दिउँसो एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गरामनी–४ निवासी ९ वर्षीय बालक अमृत तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सडकमा पैदल हिँडिरहेका बालकलाई तीव्रगतिमा रहेको को ७ प ४१३८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटल पु¥याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस