१५ कार्तिक २०८३, आइतबार

कांग्रेस महाअधिवेशनः अछाम देउवाको कब्जामा, स्वार बने सभापति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Poudel-congress

– टेकराज भण्डारी
अछाम, ५ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिबेशन अन्तर्गत भएको अछाम जिल्ला अधिबेशनमा सभापतिमा भरतकुमार स्वार विजयी हुनुभएको छ ।

आज भएको दोस्रो चरणको निर्वाचनमा उहाँ बिजयी हुनुभएको हो । स्वारले ३ सय ९५ मत ल्याउँदै आफ्ना प्रतिद्धन्दी गणेशबहादुर विष्टलाई पराजित गर्नुभएको हो । विष्टले २ सय ७५ मत ल्याउनु भएको थियो । स्वार र विष्ट दुवै देउवा पक्षीय नेता रहेको कांग्रेस अछामले जनाएको छ । दुवै देउवा पक्षीय भएपनि दुवैको सभापतिमा आकांक्षा भएपछि दुई चरणसम्म निर्वाचन गर्नुपरेको निर्वाचन समितिले जनाएको छ ।

७ सय ६ प्रतिनिधि मध्ये ६ सय ६९ प्रतिनिधिले मत हालेका मुख्य निर्वाचन अधिकृत मातृका भण्डारीले बताउनुभयो । दुवै उम्मेद्धवारवीच कडा प्रतिष्पर्धा भएको थियो । दास्रो चरणमा पूर्व पार्टी सभापति तथा २०४९ सालको स्थानीय निर्वाचनमार्फत जिल्ला सभापति भैसक्नु भएका स्वारले १ सय २० मत बढी ल्याई विजय हाँसिल गर्नुएको हो ।

स्वारले नेपाली कांग्रेस अछामको यस अघि ३ पटक जिल्ला सभापति भै काम गरिसक्नु भएको हो । मंगलवार सभापतिका लागि ४ जनावीच भएको प्रतिष्पर्धामा भरत स्वारले २ सय ७४ मत, गणेश बिष्टले १४९, वर्तमान सभापति पुस्प शाहले १२४, संस्थापन पक्षीय उम्मेद्धार ध्वाज बहादुर कुवरले ११४ मत ल्याउनु भएको थियो ।

मंगलबार नै भएको निर्वाचनमा सचिवमा नमबहादुर शाही २२६ मत तथा कोषाध्यक्षमा झंकरबहादुर साउँद १ सय ९३ मत ल्याएर विजयी भैसक्नु भएको छ । सचिव र कोषाध्यक्ष दुवै पदका लागि ६÷६ जनावीच प्रतिष्पर्धा भएको थियो ।

कांग्रेस अछामको जिल्ला अधिबेशन मार्फत निर्वाचित चारै जना पदाधिकारी देउवा पक्षीय भएको कांग्रेस स्रोतले जनाएको छ । अछाममा देउवा पक्षको दबदवा रहेको पाईन्छ ।