१५ कार्तिक २०८३, आइतबार

युवा संघद्वारा विद्यालयको टहरा निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youth-force-logoबाबियाचौर (म्याग्दी), ५ फागुन । युवा सङ्घका कार्यकर्ताले म्याग्दीको पात्लेखेतस्थित दीपक माविमा पठनपाठनका लागि अस्थायी टहरा निर्माण गरेका छन् ।

भूकम्पपछि जीर्ण बनेको भवनमा जोखिम मोलेर अध्ययन गर्दै आएका बालबालिकाका लागि युवा सङ्घका कार्यकर्ताले मङ्गलबार श्रमदान गरेर टहरा निर्माण गरेका हुन् ।

सङ्घका जिल्ला अध्यक्ष प्रवीण शाही र बेनी नगर कमिटीका अध्यक्ष लक्ष्मण केसीको नेतृत्वमा रहेको १५ जना कार्यकर्ताको टोलीले श्रमदान गरेर तीन वटा टहरा बनाएको सङ्घका प्रचार संयोजक कमल बानियाँले जानकारी दिनुभयो ।

टहरामा अस्थायीरुपमा कक्षा सञ्चालनका लागि चारवटा पालसमेत सहयोग गरिएको सङ्घले जनाएको छ । सङ्घले मासिक एक दिन श्रमदान गरेर सामाजिक काम गर्ने योजना बनाएको पनि जनाएको छ । रासस