
– विमल योगी
काठमाडौं, ५ फागुन । प्रमुख राजनीतिक दलहरुले व्यवस्थापिका संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेका छन् ।
आज विहान ११ बजेका लागि बोलाइएको संसदको बैठक सदन अन्त्य गर्ने दलहरुको तयारी भएपछि बस्न सकेको छैन् । अहिले दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । संसद बैठक केही बेरपछि सुरु हुनेछ ।
स्रोतका अनुसार चैतको दोस्रो साता बर्खे अर्थात बजेट अधिवेशन बोलाउने गरी आज सदन अन्त्य गर्ने तयारी दलहरुले गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १३ औं महाधिवेशन र प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण संसद अधिवेशन अन्त्य गर्न लागिएको हो ।
यसअघि यही विषयमा टुंगो लगाउन एमाले संसदीय दलको बैठक बसेको थियो ।












प्रतिक्रिया