२४ कार्तिक २०८३, मंगलबार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक एक बजे बस्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oliकाठमाडौं, ५ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणका विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा संयन्त्रको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । ‘मुलुकको पछिल्लो राजनीतिक अवस्था र भारत भ्रमणका विषयमा बैठकमा छलफल हुन सक्छ’, दाहालले भने ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण जानुअघि मधेसी मोर्चाको मागका विषय र सीमाङ्कन विवाद मिलाउन उच्चस्तरीय राजनीतिक समिति बनाउने जनाइएको थियो । सो विषयले पनि बैठकमा आज प्रवेश पाउन सक्ने बुझिएको छ ।